लुका मोड्रिचले जिते बालोन डी ओर, मेसी – रोनाल्डो पछि परे
वि.सं.२०७५ मंसिर १८ मंगलवार १३:३५
shares

क्रोयसियन मिडफिल्डर लुका मोड्रिचले बालोन डी ओरको उपाधि हात पारेका छन् ।
असअघि फिफा वर्ष खेलाडी समेत बनेका मड्रिचले फाइनलमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डालाई पछि पार्दै उपाधि जितेका हुन् ।

क्रोयसियालाई विश्वकपमा फाइनलसम्म र्पुयाएपछि मड्रिचको एकाएक चर्चा चुलिएको थियो । मोड्रिचले च्याम्पियन्स लिगको उपाधि दिलाउँदा रियाल मड्रिडमा समेत महत्वपूर्ण योगदान गरेका थिए । ३३ वर्षीय मड्रिच सन् २००७ पछि रोनाल्डो र मेसी बाहेक यो उपाधि जित्ने पहिलो खेलाडी बने । मोड्रिचभन्दा अगाडी सन् २००७ मा ब्रजिलियन खेलाडी काकाले यो उपाधि उचालेका थिए ।
त्यसयता लगातार १० वर्ष मेस्सी र रोनाल्डोले उपाधि जित्दै आएका थिए । रोनाल्डो दोस्रो, एन्टोइन ग्रिजम्यान तेस्रो, केलियन एम्बाप्पे चौथो र लियोनल मेसी पाँचौ स्थानमा रहे ।
अवार्ड जितेपछि मोड्रिचले रोनाल्डो र मेसी उत्कृष्ट खेलाडी भएको प्रतिक्रिया दिएका थिए । यस्तै, महिला विधाको उपाधि नर्वेकी स्ट्राइकर एडा हेगरबर्गले जितेकी छन् ।
























