काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बुध्द एयरको राजविराज उडान मार्च १ देखि

13.69K
shares

दुई दशकभन्दा लामो समयदेखि नेपाली आकाशमा सेवा प्रदान गरिरहेको नेपालको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले राजविराज उडान सुरू गर्ने भएको छ । राजविराज विमानस्थलमा रि–प्युलिङका लागि इन्धन ट्यांकर (बाउजर) उपलब्ध भए मार्च १ देखि बुध्द एयरले एटिआर जहाजमार्फत उडान गर्न तयार रहेको बताएको हो ।

हाल प्रदेश नं २ मा सञ्चालनमा रहेका ३ वटा विमानस्थलमध्ये सिमरा र जनकपुर विमानस्थलमात्र पूर्ण सञ्चालनमा छन् । अर्को विमानस्थल राजविराज आंशिकरुपमा मात्र सञ्चालनमा छ । तीन विमानस्थल रहेको प्रदेश २ मा जहाजलाई आवश्यक पर्ने इन्धनको कुनै सुविधा नभएको र त्यसको यथोचित व्यवस्था गरिदिन प्रदेश २ का मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । प्रदेश २ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, नागरिक उड्डयन कार्यालय राजविराज, नागरिक उड्डयन कार्यालय धनुषा, नागरिक उड्डयन कार्यालय बारा समेतलाई ध्यानाकर्षणमा बोधार्थ गरिएको कम्पनीले जनाएको छ ।

ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको गृहको रुपमा परिचित र प्रदेश २ को पुरानो विमानस्थल रहे पनि राजविराजको यथोचित विकास भने भएको छैन । विमानस्थलको स्तरोन्नति भए पनि विभिन्न कारणले नियमित उडान हुन सकेको छैन । राजविराजमा यी बाहेक अन्य अनेकौं सम्भाव्यता रहे पनि उडान नियमित गर्न इन्धन रिफ्युलिङको अभावमा यो विमानस्थलमा ठूला विमान कम्पनीले सेवा प्रदान गर्न नसकिरहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

यो क्षेत्रमा उडान नियमित गर्नसके दक्षिण सीमावर्तीय भारतीय पर्यटक र उत्तर पहाडी, हिमाली भेगका जनतालाई अति नै उपयोगी सावित हुने निष्कर्ष कम्पनीको छ । जनकपुर र विराटनगरको बीचमा रहेको राजविराज विमानस्थलमा उडान सुचारु भए यसले यो क्षेत्रका जनतालाई उल्लेख्य फाइदा पुग्ने पनि कम्पनीले विश्वास लिएको छ ।