काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्री ओलीसहितको टोली स्वेदश फिर्ता, भ्रमण सफल भएको दाबी

15.73K
shares

स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली शनिवार बिहान स्वेदश फर्किएको छ । डाभोस शहरमा आयोजित बैठकमा भाग लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेलगत्तै पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमण सफल भएको दाबी गरे । ‘बैठकमार्फत् नेपालले आफ्नो धारणा र योजना अन्तर्राष्ट्रय जगतमा पुर्याएको छ,’ ज्ञवालीले भने ।

मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका २ बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी भएका प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीसहितको टोली गत आइतबार राति स्वीट्जरल्याण्ड प्रस्थान गरेको थियो ।