global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ न्यूजिल्यान्डमा भएको आतंककारी हमलाको नेपाल सरकारद्वारा भर्त्सना

न्यूजिल्यान्डमा भएको आतंककारी हमलाको नेपाल सरकारद्वारा भर्त्सना

न्यूजिल्यान्डमा भएको आतंककारी हमलाको नेपाल सरकारद्वारा भर्त्सना

न्यूजिल्यान्डको क्राइष्टचर्चको मस्जिदमा भएको आतंककारी हमलाको नेपाल सरकारले भत्र्सना गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी सो हमलाको भर्त्सना गरेको हो । नेपाल सरकारले हमलालाई आतंकवादको औचित्यहीन गतिविधि  भनेको छ ।

विज्ञप्तिमा न्यूजिल्यान्डका जनता, सरकार तथा पीडितका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ । शुक्रबार भएको सो हमलामा ४० भन्दा धेरैको मृत्यु भएको थियो ।

प्रकाशित समय : २२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु