गृहपृष्ठ कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक स्थगित
कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक स्थगित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ । शनिबार दिउँसोका लागि बोलाइएको बैठक अन्तरिक तयारी नपुगेको भन्दै सभापति शेरबहादुर देउवाले स्थगित गरेका हुन् । सहमतिमा केन्द्रीय कार्य सम्पादन समिति गठन गर्न सभापति देउवाले बैठक स्थगित गरेका उनी निकट केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए ।
केन्द्रीय कार्य सम्पादन समिति गठनमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कुरा मिलेको बताइएको छ । यद्यपि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सहमति जनाएका छैनन् । उनलाई पनि सहमतिमा ल्याउने प्रयास देउवाले गरिरहेका उनका निकटतम नेताहरुले बताएका छन् ।
विधानमा २८ वटा विभाग गठन गर्ने व्यवस्था भए पनि अहिलेसम्म ती विभाग गठन गरिएका छैनन् ।
प्रकाशित समय : २१:५६ बजे



















