global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दोहोरो अंकको आर्थिक वृद्धि सम्भव छ – अर्थमन्त्री

दोहोरो अंकको आर्थिक वृद्धि सम्भव छ – अर्थमन्त्री

दोहोरो अंकको आर्थिक वृद्धि सम्भव छ – अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले निर्यातबिना दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न अब गार्हो नरहेको बताएका छन् । सोमबार नेपाल उद्योग परिसंघको १६ औं वाािर्षक साधारणसभा उद्घाटन समारोहमा अर्थमन्त्री डा. खतिवडाले नेपाल दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने स्थितिमा पुग्न लागेको बताएका हुन् । ‘निर्यातबिना दोहोरो आर्थिक वृद्धि कठिन छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘तत्कालका लागि सेवा र दिर्घकालमा वस्तु तथा सेवा दुवै निर्यात गर्न सकिन्छ । त्यसैले अब दोहोरो अंकको आर्थिक वृद्धि गाह्रो छैन ।’

सरकारको लक्ष्य पूर्तिमा सघाउने उनले निजी क्षेत्रलाई आह्वान पनि गरे । निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी बनाउन सरकारले गर्नुपर्ने काम गर्न तयार रहेको उनले बताए ।

कार्यक्रममा उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा अहिलेसम्म नेतृत्व र भिजनको अभाव हुँदै आए पनि अहिले कुशल अभिभावक पाएको भन्दै प्रधानमन्त्री ओलीको प्रशंसा गरे । परिसंघका संस्थापक अध्यक्ष तथा सांसद विनोद चौधरीले नेपालमा नीतिभन्दा नैतिकताको खडेरी परेको टिप्पणी गरे ।

प्रकाशित समय : २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु