global ime bank Long Banner Ad

गृहपृष्ठ २३ उपसचिवको सरुवा, ७ जिल्लामा प्रजिअ फेरिए

२३ उपसचिवको सरुवा, ७ जिल्लामा प्रजिअ फेरिए

२३ उपसचिवको सरुवा, ७ जिल्लामा प्रजिअ फेरिए

२३ जना उपसचिवको सरुवा भएको छ । गृहमन्त्रालयले सोमबार उनीहरुको सरुवा गरेको हो । दोलखा, बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।

दोलखामा खगेन्द्रप्रसाद रिजाल, बाजुरामा गंगाप्रसाद न्यौपाने, भोजपुरमा नुरहरि खतिवडा, रसुवामा अर्जुन भण्डारी र रामेछापमा लीलाकुमारी केसी पाण्डेको सरुवा भएको गृहमन्त्रालयले जनाएको छ ।

केही जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ । संखुवासभामा जीवनप्रसाद दुलाल पठाइएका छन् भने सिन्धुपाल्चोकको कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गोमादेवी चेम्जोङलाई दिइएको छ । संखुवासभा गएका दुलाल यसअघि ललितपुरको नख्खु कारागारका जेलर थिए ।

प्रकाशित समय : १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु