गृहपृष्ठ हावाहुरी पीडितलाई विदेशी नागरिकको सहयोग
हावाहुरी पीडितलाई विदेशी नागरिकको सहयोग
मानिस जुन देश र ठाउँको भए पनि विपदमा पर्दा सहयोगी भाव जगाउनु पर्छ भन्ने एक क्यानेडीयन नागरिकले उदाहरण दिएकीछन् । पोखरामा एक महिना देखि इन्टनशीप गर्न आएकी क्यानडीयन नागरिक मिचायल हानलाई नेपालको बारामा भएको हावाहुरीको कारण विपदमा परेकालाई सहयोग गर्नु पर्छ भन्दै केहि रकम संकलन गरी बारामा पुगेर राहत वितरण गरेकी छिन् ।
सिइसिआई नामक संस्थामा कार्यरत स्वयमसेवीका क्यानडीयन नागरिक मिचायल हानको नेतृत्वमा बाराका हावाहुरी प्रभावित ५० घर परिवारलाई उनले सोमबार राहत स्वरुप खाद्य सामाग्रिको साथमा भाडाकुडाँ र लक्ता कपडा सहयोग हस्तान्तरण गरेकी छन् । विगत एक महिना देखि पोखरामा रहेकी क्यानडीयन नागरिक हानलाई नेपालको बारा र पर्सामा हावाहुरीले धेरै जनधनको क्षती भएको खवरले आफुहरुले पनि केही गर्न सकिन्छ की भनेर बाराको हाल अतिनै प्रभावित क्षेत्र स्वर्ण गाउँपालिका ४ स्थित हर्दियाका दलित बस्तीमा पुगेर ५० घर धुरीमा उक्त राहत सामाग्रि हस्तान्तरण गरेकी हुन् ।

पोखराको सिटिइभिटिमा आइटि सम्बन्धि इन्टनशीप गर्न आएकी हानले आफ्ना क्यानेडीयन साथी भाइसँग र आफ्नी आमा छुलिङ जंगसंगको सहयोगमा सामाजिक संजाल मार्फत सहयोगको आव्हान गर्दा करिब २ लाख ४० हजार सहयोग जुटेसंगै पोखरा लेकसाइडका पर्यटन व्यवसायी हेमराज पहारीको समन्वयमा आइतबार एक टोलीले हर्दियामा उक्त रहात सामाग्रि हस्तान्तरण गरेको हो ।
साथै टोलीले मृतकका तीन जना परिवारलाई जनहि ५ हजार १ सय रुपैया समेत हस्तान्तरण गरेको छ । हर्दिया ४ का श्रीप्रसाद यादव, प्रभा अहिरोन र पशुरामपुर ८ का तरीखा खातुनका मृतकका आफन्तलाई क्यानेडीयन नागरिक हानले उक्त रकम राहत स्वरुप प्रदान गरेकी हुन् । हानले उक्त सहयोग फिउजन एनलाईटिक कम्पनीका जाइ थाकर, चाइनामा बस्दै आएकी आमा जंग लगायतबाट उक्त सहयोग जुटाएकी हुन् ।
टोलीमा हान, पहारी सहित नेपाल पत्रकार महासंघ कास्कीका सह–सचिव दीननाथ बराल, सुनिल खत्रीको सहभागिता रहेको थियो भने स्थानिय समन्वयमा प्रकाश थारु र पत्रकार शंकर आचार्यले गरेका थिए । बाराका प्रभाविताहरुलाई आवश्यकताको आधामा स्थानियसँग समन्वय गरी विदेशबाट आएको सहयोग आफुहरुले वितरण गरेको पहारीले जनाए । आगामी दिनमा पनि आफुहरु नेपालको कुनै पनि ठाउँमा परेको विपतमा सक्दो सहयोग गर्ने पहारीले जनाए ।

स्थानीय व्यबस्थापन कमजोरीका कारण घण्टौं कुरेर मात्र राहत विरण गर्दा आफुहरुलाई निकै कठिन भएको टोलीमा सहभागि पहारीले बताए । त्यसै गरी निजगण नगरपालिकाका प्रमुख सुरेस कुमार खनालले आफुहरुले विभिन्न संघ संस्थाको समन्यवमा ल्याएको ७ लाखको राहत विरण गर्न निकै समस्या भएको बताए । स्थानियले समान ढंगले राहत विरण नहुदा आफुहरुले नपाएको गुनासो गरेकाछन् ।
स्वर्ण गाउँपालिकाका ४ का वडा अध्यक्ष दोलेन्द्र यादवले एकै परिवारमा धेरै सङ्ख्या हुदा राहत वितरणमा समस्या भएको बताए । हर्दियामा हावाहुरीका कारण २ को मुत्यु, २० घाइते र एक सय ७५ घर परिवार पूर्ण क्षेति भएको उनले जनाए ।
प्रकाशित समय : १२:४१ बजे



















