गृहपृष्ठ एनआईसी एशिया बैंकको समृद्ध नेपाल सुखी नेपाली बचत खाता सञ्चालन
एनआईसी एशिया बैंकको समृद्ध नेपाल सुखी नेपाली बचत खाता सञ्चालन
एनआईसी एशिया बैंकले समृद्ध नेपाल सुखी नेपाली बचत खाता सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकको ‘समृद्धसँग जोडौं नाता : सबै नेपालीको बैंक खाता’ भन्ने नारासहित सुरु भएको ‘खोलौं बैंक खाता अभियान २०७६’ मा सहयोग पुग्ने गरी एनआईसी एशियाले ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ सञ्चालनमा ल्याएको हो । २०७६ वैशाख १ गतेदेखि लागू हुने उक्त बचत खाता खोल्ने व्यक्तिलाई बैंकले १०० रुपैयाँ नगद खातामा जम्मा गरिदिने जारी विज्ञप्तिमा उल्लेख छ ।
मुलुकभर एनआईसी एशिया बैंकका २८१ शाखा कार्यालय, २८९ एटिएम, ४० एक्सटेन्सन काउन्टर र २३ वटा शाखारहित बैंकिङ इकाइ छन् । एनआईसी एशियामा करिब १५ लाख ग्राहक छन् ।
प्रकाशित समय : १८:५० बजे

















