गृहपृष्ठ नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अफर
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अफर
नेपाल टेलिकमले आफ्ना ग्राहकको सुविधाका लागि नयाँ वर्ष अफर ल्याएको छ । अब कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ । उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ ।
सो प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।
प्रकाशित समय : १८:३७ बजे


















