गृहपृष्ठ नाडा लगातार दोस्रो पटक सयवटा वस्तुगत संघमध्ये प्रथम
नाडा लगातार दोस्रो पटक सयवटा वस्तुगत संघमध्ये प्रथम
एक सयवटा वस्तुगत संघमध्येबाट नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल लगातार दोस्रो पटक उत्कृष्ट स्थान हासिल गरेको छ । औद्योगिक, व्यवसायिक क्षेत्रको विकास तथा विस्तारमा योगदान पु-याएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ५३ औं वार्षिक साधरणसभाबाट नाडालाई उत्कृष्ट स्थानमा राखेको हो । नाडा महासंघमा आवद्ध संगठन हो । ‘होटेल याक एण्ड यतिमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस—२०७५ को अवसरमा ओद्योगिक, व्यवसायिक क्षेत्रको विकास तथा विस्तारमा योगदान पु¥याएकोमा महासंघमा आवद्ध भएका १०० वटा वस्तुगत संघ मध्येबाट नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले प्रथम स्थान हासिल गरी कदर पत्र समेत प्राप्त गरेको छ,’ नाडाका महासचिव सुनिल रिजालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नाडाका तर्फबाट उपाध्यष कृष्णप्रसाद दुलाललाई कदरपत्र प्रदान गरे । यस्तै, कम्प्यूटर एशोसिएशन अफ नेपालले दोश्रो स्थान प्राप्त गरेको छ भने नेपाल ब्यू व्यवसायी संघले तेश्रो स्थान प्राप्त गरेको छ । महासंघले दुई जना विज्ञहरुको छनोट समिति समेत बनाई बस्तुगत संघहरुको समग्र स्थिति र योगदानको मूल्याङ्कन गर्दै सो कदर पत्र प्रदान गरेको हो । गत बर्ष सम्पन्न महासंघको ५२ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७४ को अबसरमा पनि व्यापार प्रवद्र्धनको क्षेत्रमा नाडाले प्रथम स्थान प्राप्त गरेको थियो ।
प्रकाशित समय : १८:३२ बजे


















