गृहपृष्ठ पाकिस्तानको क्वेटामा बम आक्रमण, १६ जनाको मृत्यु
पाकिस्तानको क्वेटामा बम आक्रमण, १६ जनाको मृत्यु
पाकिस्ताको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको बम आक्रमणमा परी १६ जनाको मृत्यु भएको छ । बिहान करिब ८ बजे हजारगञ्ज क्षेत्रमा भएको बम आक्रमणमा दुई दर्जन बढी मानिस घाइते भएका स्थानीय पुलिसलाई उदृत गर्दै समाचार एजेन्सी एपीपीले जनाएको छ ।
बजारमा रोकिएको प्रहरी भ्यानलाई निशाना बनाएर आक्रमण भएको पाकिस्तानी अधिकारीहरुले बताएका छन् । बम विस्फोट भएपछि उक्त क्षेत्रलाई सुरक्षा घेरामा राखिएको छ । हजारगञ्जमा हजारा शिया समुदायसँग जोडिएका मानिसहरु बस्छन् । मारिएका र घाइते भएका धेरैजसो मानिस यसै समुदायका हुन् । आक्रमण कसले गरेको भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।
प्रकाशित समय : १८:१८ बजे


















