गृहपृष्ठ इन्टरनेट सेवा प्रदायकहरु सरकारविरुद्ध आन्दोलनमा

इन्टरनेट सेवा प्रदायकहरु सरकारविरुद्ध आन्दोलनमा

इन्टरनेट सेवा प्रदायकहरु सरकारविरुद्ध आन्दोलनमा

इन्टरनेट सेवा प्रदायक संस्थाहरु सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई बिनाप्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि इन्टरनेट सेवा प्रदायक संघ, नेपालमा आवद्ध संस्थाहरु आन्दोलित बनेका हुन् ।

टेलिभिजन प्रशारक संस्थालाई बिना प्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसबिरुद्ध उनीहरुले शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल दूरसंचार प्राधिकरणको कार्यालयमा धर्ना दिएका छन । नियम, कानुन विपरित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई दिने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन गर्नु परेको संघका अध्यक्ष भोजराज भट्टले बताए ।

सरकारले हाल नेपाल दूर संचार प्राधिकरणकाबाट इन्टरनेट सेवा संचालन गर्ने अनुमति दिईरहेको छ । इन्टरनेट सेवा प्रदायक संस्थाहरुले आफूहरुले सहज रुपमा इन्टरनेट सेवा उपलब्ध गराईरहँदा पनि सरकारले विकल्प खोजेको भन्दै आक्रोश पनि व्यक्त गरेका छन ।

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु