गृहपृष्ठ आईसीसी यू १९ विश्वकप छनोट : नेपालद्वारा सिंगापुर २१७ रनले पराजित

आईसीसी यू १९ विश्वकप छनोट : नेपालद्वारा सिंगापुर २१७ रनले पराजित

आईसीसी यू १९ विश्वकप छनोट : नेपालद्वारा सिंगापुर २१७ रनले पराजित

आईसीसी एसिया यू १९ विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको छ । नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याएको सिंगापुर जम्मा ६५ रनमा अलआउट भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा २८२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन बनाए । १०५ बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, रसिद खानले ४८, पवन सर्राफले ४७, कमल सिंह ऐरीले ३१ तथा भीम सार्कीले २६ रन जोडे ।

मलेसियाको क्वालालम्पुरमा भएको खेलमा जवाफी ब्याटिङमा उत्रिएको सिंगापुरका खेलाडी नेपालका बलरसामु टिक्न सकेनन् । सिंगापुरका लागि इसान सावने २८ तथा साइ भेनुगोपाल १८ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । सिंगापुरको इनिङ्स ध्वस्त बनाउने क्रममा पवन सर्राफले ३ तथा कुशल मल्ल र सूर्य तामाङमा समान २/२ विकेट लिए । सिंगापुर ३१ ओभरमा ६५ रन जोड्दै अलआउट भयो ।

आईसीसी एसिया अन्डर नाइन्टिन वर्ल्डकप छनोटअन्तर्गत नेपाल, कुवेत, ओमन र सिंगापुरबीच प्रतिस्पर्धा भएको हो । कुवेत र नेपालले हालसम्म एक–एक खेलमा जित हात पारेका छन् भने ओमन र सिंगापुर अंकरहित छन् । शनिबार नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित समय : १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु