गृहपृष्ठ तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने सरकारको तयारी

तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने सरकारको तयारी

तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने सरकारको तयारी

अर्थमन्त्री डा. युवराज खतिवडाले तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने तयारी भईरहेको बताएका छन् । काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभाको दोस्रो सत्रमा उनले भने, ‘मझौला खालका व्यवसायीहरु बढदै गएका पहाडका जिल्लामा पनि उद्योग व्यवसायको कामलाई सहज बनाउन सरकारले कर कार्यालय स्थापना गर्दै लैजाने छ ।’ भन्सार कार्यालयहरुको पूर्वाधार विकासमा पनि जोड दिने उनले प्रतिवद्धता जनाए । ‘भन्सार कार्यालयहरुलाई सहज बनाएर व्यवसायीहरुले भोग्दै आएका विभिन्न खालको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले रुग्ण उद्योगहरुलाई आवश्यक राहत दिन सरकार प्रतिवद्ध रहेको बताए । उनले स्वदेशी उद्योगको संरक्षण गर्ने सरकारको नीति रहेकाले त्यसमा ढुक्क हुन पनि उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु