गृहपृष्ठ पाँचदिने थाङ्का पौभा कला प्रशिक्षण सम्पन्न
पाँचदिने थाङ्का पौभा कला प्रशिक्षण सम्पन्न
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत तथा शिल्पकला विभागले प्रदेशस्तरीय थाङ्का पौभा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । आधुनिकीकरणसँगै ओझेलमा परेको परम्परागत थाङ्का एवं पौभा चित्रकलाको संरक्षण तथा विकास गर्ने उद्देश्यले विभागले पाँचदिने थाङ्का पौभा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
चैत २४ देखि पाँच दिन भएको प्रशिक्षणमा कुलपति के. के. कर्माचार्य, विभाग प्रमुख प्राज्ञ बुद्धि गुरुङ, कलाक्षेत्रका विज्ञ व्यक्तित्वहरु, प्राज्ञहरु, कला समीक्षकहरु, प्रशिक्षक एवं सहभागीको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा समीक्षक मुकेश मल्लले परपरागत कलाका कलाकारहरु ओझेलमा पर्न नहुने बताए ।
प्रकाशित समय : २०:२५ बजे


















