गृहपृष्ठ सिंहदरबारभित्र राष्ट्रिय वाणिज्य बैंकको शाखा
सिंहदरबारभित्र राष्ट्रिय वाणिज्य बैंकको शाखा
सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो २ सय १८ औं शाखा सिंहदरबारमा खोलेको छ । संघीय सचिवालय पुनर्निर्माण तथा व्यवस्थापन कार्यालयको भवनमा रहने शाखाको उद्घाटन भने १ बैशाख २०७६ मा हुने बैंकले जनाएको छ । यसअघि सिंहदरबारभित्र भारतीय लगानीमा रहेको एभरेस्ट बैंकले मात्रै शाखा सञ्चालन गरिरहेको थियो ।
सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदहरुले सिंहदरबारभित्र नेपाली बैंकको शाखा खोल्न माग गर्दैै आएका थिए ।
प्रकाशित समय : २०:३३ बजे


















