गृहपृष्ठ बाह्रौँ जनगणना गर्दा करिब पाँच अर्ब खर्च हुने
बाह्रौँ जनगणना गर्दा करिब पाँच अर्ब खर्च हुने
२०७८ सालमा १२ औं जनगणना गर्न पौने ५ अर्ब रुपैयाँ खर्च हुने भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार ४ अर्ब ८६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
विभागले खर्चसहितको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाइसकेको छ । विभागका महानिर्देशक सुमनराज अर्यालले भने, ‘केन्द्रदेखि स्थानीय तहसम्मको तथ्यांक संकलन गर्नुपर्ने भएकाले रकम अभाव नहोस भनेर आर्थिक प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ । जनगणनाका लागि ५० हजार कर्मचारी आवश्यक पर्ने र ६० वटा प्रश्नावली तयार पारिसकिएको छ ।’
प्रकाशित समय : २०:५४ बजे


















