गृहपृष्ठ विप्लव समूहका कृष्णपुर नगर सेक्रेटरी पक्राउ

विप्लव समूहका कृष्णपुर नगर सेक्रेटरी पक्राउ

विप्लव समूहका कृष्णपुर नगर सेक्रेटरी पक्राउ

नेत्रविक्रम चन्द विप्लव समूहका कञ्चनपुर कृष्णपुर नगरपालिका सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ ।

४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । भट्ट कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय झलारीले जानकारी दिएको छ । पक्राउ परेका भट्टको साथबाट संगठनको योजना र संगठन विस्तारबारे उल्लेख गरिएको डायरी र पार्टीको सिद्धान्त बारेका किताबसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

कृष्णपुरकै क्रसर उद्योगमा केही दिनअघि जेसिभी आगजनीमा संलग्नता भए नभएको बारे भट्टसँग सोधपुछ गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु