global ime bank Long Banner Ad

गृहपृष्ठ फ्रान्कफर्टसँग चेल्सीको बराबरी

फ्रान्कफर्टसँग चेल्सीको बराबरी

फ्रान्कफर्टसँग चेल्सीको बराबरी

युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस प्रिमियर साइड चेल्सी हारबाट जोगिएको छ ।

जर्मन क्लब फ्रान्कफर्टविरुद्धको खेलमा पेड्रोले गोल गर्दै चेल्सीलाई हारबाट जोगाएका हुन् । खेल १–१ गोलको बराबरीमा टुंगिएको हो । फ्रान्कफर्टको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले खेलको २३औं मिनेटमा गोलको खाता खोल्यो । लुका जोभिकको गोल गरे । तर, पहिलो हाफको इन्ज्युरी समयमै पेड्रो रोड्रिग्वेजले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा पुर्याए ।

५५औं मिनेटमा लफटसले अर्काे सुन्दर मौका खेर फाले । अग्रता लिने मौका ६०औं मिनेटमा पनि खेर गयो । डेभिड लुइजको फ्रिकिक बारमा लागेर फर्किएको थियो । ७५औं मिनेटमा लफटसको प्रहार फ्रान्कफर्टका गोलरक्षकले बचाए । ८५औं मिनेटमा फ्रान्कफर्टका अब्राहमको फ्रि हेडर क्रसबारबाट बाहिरियो ।

बराबरीपछि अवे गोलका कारण चेल्सीलाई फाइदा पुगेको छ । दोस्रो लेगमा गोलरहित बराबरी वा जित निकालेको अवस्थामा चेल्सीले फाइनलमा स्थान बनाउनेछ । दोस्रो लेग चेल्सीको मैदानमा १० मे मा हुनेछ ।

प्रकाशित समय : १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु