गृहपृष्ठ आईपीएल : हैदरावादलाई हराउँदै मुम्बई प्ले अफमा
आईपीएल : हैदरावादलाई हराउँदै मुम्बई प्ले अफमा
इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बई इन्डियन्स प्ले अफमा पुगेको छ ।
सुपर ओभरमा पाएको ९ रनको लक्ष्य मुम्बईले सुरुवाती तीन बलमा पुरा गरेको थियो । हार्दिक पान्ड्याले पहिलो बलमै राशिद खानलाई छक्का हाने । दोस्रो बलमा १ रन लिए । स्ट्राइक काइरन पोलार्ड आयो । पोलार्डले दुई रन जोड्दै खेल आफ्नो पक्षमा पारे ।
हैदरावादबाट सुपर ओभरका लागि मोहम्मद नाबी र मनिष पान्डे मैदान उत्रिएका थिए । मुम्बईका जसप्रित बुमराहले पहिलो बलमै पान्डेलाई रन आउट गरे । दोस्रो बलमा मार्टिन गुप्टिलले १ रन लिए भने तेस्रो बलमा नाबीले छक्का हाने । चौथो बलमा बुमराहले नाबीलाई बोल्ड आउट गरेपछि मुम्बइले सामान्य लक्ष्य पाएको थियो ।
त्यअघि मुम्बइले दिएको १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६२ रन बनाएपछि खेल सुपर ओभरमा घकेलिएको थियो ।
तालिकामा चेन्नई सुपर किंग्स १८ अंक जोड्दै शीर्ष स्थानमा छ । मुम्बई दोस्रो स्थानमा उक्लिएको छ ।
दिल्ली १३ खेलमा ८ मा जित र ५ मा हारका साथ तेस्रो स्थानमा झरेको छ भने हैदरावाद १३ खेलमा ७ मा हार र ६ मा जितका साथ चौथो स्थानमा स्थानमा यथावत छ ।
प्रकाशित समय : १३:२० बजे



















