गृहपृष्ठ रुसी विमानमा आगलागी, ४१ को मृत्यु
रुसी विमानमा आगलागी, ४१ को मृत्यु
रुसमा एक विमानमा आगलागी हुँदा ४१ जनाले ज्यान गुमाएका छन् ।
सुखोइ सुपरजेट १०० विमान मस्कोको शेरमियतएभो विमानस्थलबाट मारमास्कको लागि उडान भरेको विमान दुर्घनामा परेको हो । विमानमा समस्या देखिएपछि मस्को विमानस्थलमा आपतकालिन अवतरण गराइए पनि आगलागी भएको थियो । अवतरणको क्रममा नै विमानमा आगो लागेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विमानमा चालक दलका ५ जनासहित ७८ जना यात्रु थिए । आगलागीपछि तुरुन्तै उद्दारको काम हुँदा ३७ जनाको ज्यान जोगिएको हो । तीमध्ये केही भने घाइते भएका छन् । सरकारी विमान कम्पनी एयरोल्फोटका अनुसार विमानमा केही समस्या देखिएपछि विमानस्थलतर्फ फर्काइएको थियो । यस विषयमा रुसी कम्पनीले अन्य जानकारी भने केही दिएको छैन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
प्रकाशित समय : १४:३९ बजे


















