global ime bank Long Banner Ad

गृहपृष्ठ भिल्लारियालविरुद्ध रियालको संघर्षपूर्ण जित

भिल्लारियालविरुद्ध रियालको संघर्षपूर्ण जित

भिल्लारियालविरुद्ध रियालको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले भिल्लारियाललाई ३–२ को गोल अन्तरले पराजित गरेको छ । अग्रपङ्तिका करिम बेन्जेमा र ग्यारेथ बेल नहुँदा रियाललाई जित्न हम्मे परेको थियो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियललाई डफेन्डर जेसस भालेजोले पनि क्लबको लागि पहिलो गोल गरे । खेल सुरु भएको दोस्रो मिनेटमा नै डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ११औं मिनेटमा जेरार्ड मोरेनोले बराबरी गोल गरे । ४०औं मिनेटमा जेसस भालेजोले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए ।

४९औं मिनेटमा मारियानो डियाजले व्यक्तगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै रियललाई खेलमा ३–१ को स्थितिमा पुर्याए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा कोस्टाले गोल गरेपनि भिल्लारियालको हार टार्न भने सकेनन् ।

जितसँगै रियल ६८ अंकसहित तेस्रो स्थानमा यथावत छ । भिल्लारियाल ४० अंकसहित १५औं स्थानमा छ ।

प्रकाशित समय : १५:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु