गृहपृष्ठ ‘समाजवादी पार्टी नेपाल’ को औपचारिक घोषणा हुँदै
‘समाजवादी पार्टी नेपाल’ को औपचारिक घोषणा हुँदै
संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच एकताको औपचारिक घोषणा आज हुँदैछ । दुवै पार्टीबीचको औपचारिक एकता घोषणा कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ः४५ बजे हुने तय भएको छ ।
नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने दुई पार्टीबीच सहमति छ । शनिबार फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक डा बाबुराम भट्टराईबीच एकीकरणका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
डा. भट्टराईले एकीकृत पार्टीको संघीय परिषद्को अध्यक्षको भूमिका निर्वाह गर्नेछन् भने यादवले केन्द्रीय समितिको अध्यक्षता गर्नेछन् । पहिलो बरियतामा भट्टराई र दोस्रोमा यादव रहने सहमति भएको छ ।
प्रकाशित समय : १६:१७ बजे



















