गृहपृष्ठ एभरेष्ट बैंकका ग्राहकलाई धुलिखेल माउन्टेन रिसोर्टमा विशेष छुट
एभरेष्ट बैंकका ग्राहकलाई धुलिखेल माउन्टेन रिसोर्टमा विशेष छुट
एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र विशेष प्याकेजहरुको सुविधा प्रदान गर्न धुलिखेल माउन्टेन रिसोर्टसँग साझेदारी गरेको छ ।
अब बैंकका ग्राहकहरुले रिसोर्टमा आवास, स्पा, रेस्टुरेन्ट र बार सेवामा १० प्रतिशत छुट पाउँनेछन् । बैंकका ग्राहकले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर छुट प्राप्त गर्न सक्ने बताइएको छ । एभरेष्टले १० लाख भन्दा बढी ग्राहक रहेको जनाएको छ । हालसालै क्यामेलस् रेटिङमा पनि एभरेष्ट बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ ।
बैंकले आफ्ना ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र १ सय १६ एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : १६:३० बजे



















