गृहपृष्ठ एनआईसी एसियाको २८२औं शाखा गोंगबुमा
एनआईसी एसियाको २८२औं शाखा गोंगबुमा
एनआईसी एसिया बैंकले काठमाडौंको गोंगबुमा नयाँ शाखा स्थापना गरेको छ । काठमाडौं महानगरपालिका–२६ मा खोलिएको गोंगबु शाखाको सोही वडाका वडाध्यक्ष ख्यामराज तिवारीले उद्घाटन गरेका छन् ।
यससँगै देशभर एनआईसी एसियाका शाखा संख्या २८२ पुगेका छन् । यसबाहेक बैंकले २८९ एटिएम, ४० एक्सटेन्सन काउन्टर एवं २५ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : १६:३९ बजे



















