गृहपृष्ठ भृकुटीमण्डप अब जुत्ता–चप्पल मेला नलाग्ने
भृकुटीमण्डप अब जुत्ता–चप्पल मेला नलाग्ने
काठमाडौंको भृकुटीमण्डपमा हुँदै आएको नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ अब नहुने भएको छ ।
आइतबारबाट मेला सधैका लागि बन्द गरिएकोह हो । आइतबार राजधानीमा पत्रकार सम्मेलनमा उत्पादित जुत्ता चप्पलहरुलाई लोकप्रिय बनाउने उद्योगीको योजनाअनुरुप सेल–मेला नराख्ने निर्णय भएको जानकारी दिइयो ।
फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन नेपालका अध्यक्ष कृष्ण कुमार फुयाँलले नयाँ कामको सुरुवात गर्नकै लागि यो मेलालाई बन्द गर्नुपरेको बताए । सामुहिक प्रतिबद्धताअनुरुप उक्त स्थानमा सञ्चालन हुँदै आएको मेला बन्द गर्न आफुहरु तयार भएको उनको भनाइ थियो । व्यापारी तथा उपभोक्ताहरुको मागलाई सम्बोधन गर्दे आफुहरुले देशैभरि आफ्ना उत्पादनहरुको उपलब्धता गराउने सोचका साथमा यो निर्णय लिएको उनले बताए ।
त्यस्तै, एसोसिएसनका नि–र्वतमान अध्यक्ष रविन कुमार श्रेष्ठले व्यापार व्यवस्थि तगर्न मेला रोक्ने निर्णय गरेको बताए । उद्योगी प्रमोद महतोले कुनैबेला भृकुटीमण्डपमा मेलाको आवश्यकता रहेपनि अब फरक तरिकाले ग्राहसम्म आफ्ना उत्पादन पुर्याउनुपर्नेमा जोड दिए ।
एसोसिएसनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले उपयुक्त बजारीकरण नहुँदा जुक्ता–चप्पलको बजार खस्किँदै गएको भन्दै मेलाको औचित्य सकिएको बताए ।
शिखर शुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले जुत्ता नचिन्ने समयदेखि नै आफुहरुले ग्राहकको मन जित्न सफल भएको दावी गरे । अहिलेसम्म भृकुटीमण्डपमा सञ्चालन हुँदै आएको मेलालाई स्थगित गरेर अब हरेक पसलसम्म आफ्ना उत्पादन पुर्याउने आफुहरुको जिम्मेवारी रहेको उनको भनाइ थियो ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले कच्चा पदार्थ तथा दक्ष जनशक्तिको अभाव चलिरहँदा पनि यो क्षेत्रलाई आत्मनिर्भर बनाउने आफुहरुको प्रयास सधै जारी रहने विश्वास दिलाए ।
नेपाल जुत्ता–चप्पल व्यवसायी संघका अध्यक्ष आनन्द पौडेलले जुत्ता चप्पलका तीनवटै संगठन एक हुनुपर्नेमा जोड दिए ।
नेपाल जुत्ता उत्पादक संघका अध्यक्ष बासु रोकाले समाज कल्याण परिषद्ले उपलब्ध गराउँदै आएको स्थानमा आफुहरुले मेलाको आयोजना नगने प्रष्ट पारे । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै व्यापारीक अनुशासनमा रहेर आयातलाई निरुत्साहित गर्न लागिपर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
प्रकाशित समय : १६:५० बजे



















