global ime bank Long Banner Ad

गृहपृष्ठ नेशनल बैंकिङ इन्स्टिच्यूट र देवः विकास बैंकबीच वित्तीय साक्षरतासम्बन्धी सम्झौता

नेशनल बैंकिङ इन्स्टिच्यूट र देवः विकास बैंकबीच वित्तीय साक्षरतासम्बन्धी सम्झौता

नेशनल बैंकिङ इन्स्टिच्यूट र देवः विकास बैंकबीच वित्तीय साक्षरतासम्बन्धी सम्झौता

नेशनल बैंकिङ इन्स्टिच्यूट लिमिटेड र देवः विकास बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले विस्तार गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

साथै बैंकमा कार्यरत कर्मचारीहरुलाई विशिष्टिकृत बैंकिङ प्रमाणीकरण प्रदान गर्ने हेतुले जे.ए.एन.बी.आई कोर्समा पनि सम्झौता भएको छ । सम्झौतामा इन्स्टिच्यूटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बा र बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झोैताअनुसार नेशनल बैंकिङ इन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाइल एपको संरचना र सुविधाबारे देवः विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी प्रदान गरिने छ । बैंकले आफ्ना नेपालभरका शाखामा कार्यरत कर्मचारीहरुलाई मोबाइल एपबारे जानकारी दिई ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रम प्रवाह गर्नेछ ।

आवश्यक परेमा बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन पनि गर्नेछ ।

प्रकाशित समय : १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु