गृहपृष्ठ भारतमा ५१ सिटको लागि पाँचौ चरणको मतदान सुरु
भारतमा ५१ सिटको लागि पाँचौ चरणको मतदान सुरु
भारतीय लोकसभा चुनावको पाचौं चरणको मतदान सुरु भएको छ । सोमबार बिहन ७ बजेबाट भारतका ७ राज्यमा मतदान सुरु भएको हो । हिमाली प्रदेश जम्म–ूकश्मीरदेखि मध्यप्रदेश र राजस्थानसम्मका सात राज्यमा ५१ सिटको लागि मतदान भइरहेको छ ।
कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी, यूपीए गठबन्धनकी प्रमुख सोनिया गान्धी, गृहमन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृती ईरानी, राज्यवर्धन सिंह राठौड र महबूबा मुफ्ती जस्ता चर्चित नेताहरू चुनावी मैदानमा छन् ।
यो चरणसँगै लोकसभाको ४२५ सिटका लागि मतदान पूरा हुनेछ । पाँचौँ चरणको चुनावमा करिब ८.७५ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । ती मध्ये ४.६३ करोड मतदाता पुरुष छन् भने ४.१२ करोड मतदाता महिला रहेका छन् ।
प्रकाशित समय : १७:४१ बजे


















