global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ अशोक लेलैन्डले ल्‍यायो १.५ टन भारवहन क्षमता भएको गाडी

अशोक लेलैन्डले ल्‍यायो १.५ टन भारवहन क्षमता भएको गाडी

अशोक लेलैन्डले ल्‍यायो १.५ टन भारवहन क्षमता भएको गाडी

आइएमई ग्रुपअन्तर्गत सञ्‍चालित आइएमई मोटर्सद्वारा प्रवर्धित अशोक लेलैन्डले १.५ टन भारवहन क्षमता भएको डस्ट प्लस गाडी नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सीतापाइलामा शुक्रबार एक कार्यक्रम गरी डस्ट प्लस नेपाली बजारमा सार्वजनिक गरेको हो ।

नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजारमा ल्याइएको डस्ट प्लस मोडलको गाडीमा ६० हर्ष पावर, अतिरिक्त लोडिङ स्पेस, १५ इन्चको टायर, अगाडि ३ र पछाडि ६ स्प्रिङ पत्ता छ । डस्ट प्लस मोडलको मूल्य २० लाख ४० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममै आइएमई मोटर्सले अशोक लेलैन्डको डस्त प्लस प्रोडक्ट सार्वजनिक गरी टेस्ट ड्राइभसमेत गरेको थियो । डस्ट प्लस गाडीको प्रतिस्पर्धी नेपालमा अरु कुनै कम्पनीको गाडी नभएकोले राम्रो बजार लिने दाबी प्रोडक्ट इन्चार्ज प्रभातविक्रम विष्टले दाबी गरे । ग्राहकलाई गाडी खरिद गर्न अझ सहज बनाउने उद्देश्यले क्यासलेस बिमा पोलिसी सुविधा पनि ल्याइएको उनले बताए ।

अशोक लेलैन्डले अघिल्लो उत्पादन दोस्त स्ट्रङ्गको सफलतापछि उक्त गाडीभन्दा धेरै गुणा राम्रो पर्फर्मेन्स भएको डस्ट प्लस गाडी बजारमा ल्याएको आइएमई मोटर्सका सेल्स हेड सुशील थापाले जानकारी दिए ।

प्रकाशित समय : ०१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु