गृहपृष्ठ भारतीय कम्पनीसँग रेल किन्न रेल विभागले ग‑यो सम्झौता
भारतीय कम्पनीसँग रेल किन्न रेल विभागले ग‑यो सम्झौता
दुई सेट रेल खरिद गर्न रेल विभाग र भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडबीच सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार नेपाल र भारतका उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा खरिद सम्झौता भएको हो ।
विभागका अनुसार जनकपुर-जयनगर खण्डमा सञ्चालनका लागि सेट खरिदको सम्झौता भएको हो । रेलको एक सेटमा पाँचवटा डिब्बा रहनेछन् । ती डिब्बामा एकपटकमा करिब १३ सय यात्रु अटाउनेछन् । सरकारले रेलको सेट खरिदका लागि गत चैत्रमा विभागलाई स्विकृत दिएको थियो । मन्त्रिपरिषद्ले निर्णय गरी ८४ करोड ६५ लाख खर्चिएर खरिद गर्न सरकारले स्विकृत दिएको हो ।
प्रकाशित समय : ०१:१७ बजे



















