global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ समृद्ध सिन्धुलीले असोज १५ गते सिन्धुलीगढी विजय दिवस मनाउने

समृद्ध सिन्धुलीले असोज १५ गते सिन्धुलीगढी विजय दिवस मनाउने

समृद्ध सिन्धुलीले असोज १५ गते सिन्धुलीगढी विजय दिवस मनाउने

समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा अंग्रेजलाई परास्त गरेको दिनको सम्झनामा मनाइने विजयोत्सव असोज १५ गते गर्ने भएको छ । अंग्रेजमाथि गोर्खाली सेनाले विजय प्राप्त गरेको दिन भनेर यसअघि हरेक वर्ष कात्तिक २४ गते विजयोत्सव मनाइँदै आएको थियो । इतिहासकारहरुसँगको छलफलपछि अभियानले अंग्रेजलाई परास्त गरेको दिन असोज १५ प्रमाणित भएकाले त्यही दिन विजयोत्सव मनाउन लागिएको अभियन्ता सौरभ ढकालले बताए ।

इतिहासकार प्रा. दिनेशराज पन्तले भारतमा शासन गरिरहेको तत्कालीन इष्ट इन्डिया कम्पनी (ब्रिटिस सेना)लाई सिन्धुलीगढीमा असोज १५ गते परास्त गरेको प्रामाणिक इतिहास रहेको बताए । ‘कात्तिक २४ गते विजयोत्सव मनाउनु इतिहासलाई बंग्याउनु हो,’ उनले भने, ‘काम गर्दा मानवीय त्रुटि हुनसक्छ । त्यसलाई नसच्चिनु कमजोरी हुन्छ । अबको विजयोत्सव असोज १५ मा नै मनाउनुपर्छ।’

प्रकाशित समय : ०१:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु