गृहपृष्ठ सिन्धु विकास बैंकबाट युनाइटेड इन्स्योरेन्सको बिमा सेवा पाइने
सिन्धु विकास बैंकबाट युनाइटेड इन्स्योरेन्सको बिमा सेवा पाइने
सिन्धु बिकास बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीबीच बिमा सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकले युनाइटेड इन्स्योरेन्सका बिमालेख लिन, बिमा शुल्क भुक्तानी गर्न तथा बिमा दाबी भुक्तानीसहितका सम्पूर्ण सुविधा सिन्धु विकास बैंकका शाखाबाट प्राप्त गर्न सक्ने भएका छन् ।
प्रकाशित समय : ०१:३३ बजे



















