गृहपृष्ठ बुटवलको राममन्दिर लाइनमा सनराइज बैंकको शाखा
बुटवलको राममन्दिर लाइनमा सनराइज बैंकको शाखा
सनराइज बैंकले बुटवलको राममन्दिर लाइनमा यस बैंकले १०५औं शाखा सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।
कार्यक्रममा बैंकका नायब महाप्रबन्धक अपछकुमार यादव, बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष उज्जवल कसजूलगायत बैंकका अन्य सदस्यहरुको उपस्थिति थियो ।
प्रकाशित समय : ०१:३६ बजे



















