global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा

दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा

दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा

चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै चेन्नई आठौं पटक आईपीएलको फाइनलमा पुगेको हो ।

विशाखापट्नममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । मध्यम योगफल बनाउने क्रममा दिल्लीका ऋषभ पन्तले सर्वाधिक ३८ रनको योगदान दिए । पृथ्वी शा ५, शिखर धवन १८, कोलिन मुनरो २७, कप्तान श्रेयस ऐर १३ रनमा आउट भए ।

अक्षर पटेल ३ रन बनाउँदै पभेलियन फर्किए भने शेरफेद रदरफर्ड १० र किमो पल ३ रनमै आउट भए । ईशान्त शर्मा १० र अमित मिश्रा ६ रनमा अविजित रहे । चेन्नईका लागि हरभजन सिंह, दिपक चाहर, रविन्द्र जडेजा र ड्वेन ब्राभोले समान २ विकेट लिए । इमरान ताहिरले एक विकोट हात पारे ।

१ सय ४८ रनको लक्ष्य पछ्याएको चेन्नईले १९ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । ओपनर शेन वाटशन र फाफ डु प्लेसिसले उत्कृष्ट प्रदर्शन गरे । डु प्लेसिसले ५० रन जोडे । वाट्शनले पनि ५० रनको योगदान गरे । सुरेश रैना ११, महेन्द्र सिंह धोनी ९ र आम्बाती रायडूले २० रनको योगदान दिए । ईशान्त शर्मा, बोल्ट, अक्षर पटेल र अमित मिश्राले समान १–१ विकेट लिए ।

अब चेन्नाइले उपाधिका लागि मुम्बई इन्डियन्ससँग आइतबार राजिभ गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित समय : १२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु