गृहपृष्ठ १० महिने छोरीलाई बाबुले जिउँदै जलाए
१० महिने छोरीलाई बाबुले जिउँदै जलाए
दार्चुलाका एक बाबुले आफ्नी छोरीलाई जिउँदै जलाएर हत्या गरेका छन् । ब्याँस गाउँपालिका–५ चुकपानीका नविन बिष्टले १० महिने छोरी अनुस्कालाई जिउँदै जलाएका हुन् ।
श्रीमतीसँग झगडा परेपछि विष्टले छोरीको जलाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ । २४ वर्षीय नविनले बिहीबार राति १० बजे घरनजिकैको सुकेको खरको थुप्रोभित्र राखेर बाहिरबाट आगो लगाई छोरीको हत्या गरेका थिए । छोरीलाई जलाएर भाग्ने क्रममा उनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाइ खबर गरेका थिए ।
प्रहरीले बालिकाका बुबा र आमा दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित समय : १३:१२ बजे



















