गृहपृष्ठ चीनमा नास्तिकमात्रै बन्न सक्छन् कम्युनिस्ट पार्टीको सदस्य
चीनमा नास्तिकमात्रै बन्न सक्छन् कम्युनिस्ट पार्टीको सदस्य
तपाईंलाई थाहा छ, चीनमा नास्तिकमात्रै सत्तारुढ कम्युनिस्ट पार्टीको सदस्य बन्न सक्छन् । नास्तिक देश चीनमा पाँचवटा धर्म बौद्ध, क्याथोलिसिजम, प्रोटेस्टेन्टिजम, दाओइजम र इस्लामलाई मान्यता दिइएको छ । तर, पार्टीको सदस्य बन्न कुनै पनि धर्ममा आबद्ध हुन पाइँदैन ।
कम्युनिस्ट पार्टीले आफ्ना सदस्यलाई धार्मिक मान्यता राख्न प्रतिबन्ध नै लगाएको छ । पार्टीका सदस्य धार्मिक संगठनमा जोडिएको पाइएमा पार्टीबाट बर्खास्त हुन सक्छन् । पार्टीबाट रिटायर्ड सदस्यले पनि कुनै धर्म मान्न पाउँदैनन् । धार्मिक आस्थाले वामपन्थी विचारधारा कमजोर हुने सरकारको मान्यता छ । पार्टी सदस्यहरूलाई मार्क्सवादी नास्तिक बन्न लगाइन्छ ।
प्रकाशित समय : २१:४६ बजे




















