गृहपृष्ठ सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त
सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त
सरकारले सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयका प्रवक्त हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को निर्णय भएर सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको हो ।
प्रदेश १ प्रमुख प्रा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश ५ प्रमुख उमाकान्त झा, कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल थिए । सबै प्रदेश प्रमुखलाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले नियुक्त गरेको थियो ।
प्रकाशित समय : २३:४९ बजे




















