global ime bank Long Banner Ad

गृहपृष्ठ सुकुटे बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो (अपडेट)

सुकुटे बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो (अपडेट)

सुकुटे बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो (अपडेट)

सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । दोलखाको सैलुङ गाउँपालिकामा पर्ने मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा. २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका-९ सुकुटेमा दुर्घटना हुँदा १३ जनाले ज्यान गुमाएको घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनास्थलबाट १५ जना घाइतेको उद्धार गरिएको छ ।

उद्दारकै क्रममा रहेकाले सबै मृतक र घाइतेको पहिचान हुन नसकेको डीएसपी काफ्लेले जानकारी दिए । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले उद्दार तथा खोजी कार्य तीव्र पारेका छन् ।

प्रकाशित समय : २३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु