global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ संसदीय टोलीद्वारा कभर्ड हल निरीक्षण

संसदीय टोलीद्वारा कभर्ड हल निरीक्षण

संसदीय टोलीद्वारा कभर्ड हल निरीक्षण

संसदीय समितीले धनुषा जिल्ला खेलकुद विकास समितिको कभर्ड हलको निरीक्षण गरेको छ । प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित ओलम्पिक कमिटिको टोलीले सोमबार जनकपुरधाम –१३ पिडारीस्थित कभर्ड हलको अनुगमन तथा निरीक्षण गरेको हो । जनकपुरमा १३औँ सागअन्तर्गत कुस्ती खेल हुने तय भएको छ ।

सांसद श्रेष्ठले देशकै गौरवको रुपमा पहिलोपटक उपत्यकाबाहिर हुन लागेको सागको तयारी समयमै पूरा भइसक्ने बताए । तयारीअन्तर्गत करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको उनको भनाइ छ । कभर्ड हलको क्षमता कम भएकाले स्क्रिन पनि राख्ने व्यवस्था भइरहेको खेलकुद परिषदका उपनिर्देशक बाबुराम नेपालले बताए ।

टोलीले जनकपुरमै करिब साढे ६ अर्बको लगानी र १७ विगाह क्षेत्रमा निर्माण हुन लागेको श्री रामजानकी अन्तर्राष्ट्रिय रंगशाला रजौलको समेत निरीक्षण गरेको छ । ५०१ मिटरको धनुष आकारमा निर्माण हुने सो रंगशाला ५ हजार ५ सय सिट क्षमताको हुने बताइएको छ ।

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु