global ime bank Long Banner Ad

गृहपृष्ठ ‘रैथाने बीउ संरक्षण गर्न के ले रोक्यो ?’

‘रैथाने बीउ संरक्षण गर्न के ले रोक्यो ?’

‘रैथाने बीउ संरक्षण गर्न के ले रोक्यो ?’

लुलुगाई, कालीकाँक्रो, जुम्लीमार्सी  र जेठोबुढो धानका बीउ संरक्षण गर्न के ले रोक्यो ?

संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा अधिकांश सांसद्ले कृषि विज्ञ तथा वैज्ञानिकलाई यो प्रश्न गरेका हुन् । लुलुगाई मुस्ताङ, कालीकाँक्रो मोरङ, जुम्लीमार्सी जुम्ला र जेठोबुढो धान कास्कीमा पाइने रैथाने जात र बाली हुन् । पछिल्लो समय नेपालमा उन्नत जात (हाइब्रिड) नाममा बहुराष्ट्रिय कम्पनीका थरीथरी बीउको आयात अनधिकृत रूपमा बढेपछि रैथाने जातलाई समेत संरक्षण गर्दै उत्पादनमा जोड दिन सांसद्ले बैठकमा आग्रह गरेका हुन् । बैठकमा सांसद्हरु घनश्याम खतिवडा, राजबहादुर बुढा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, सत्यनारायण शर्मा खनालले स्थानीय बीउको मौलिकता जोगाउन विज्ञहरूलाई सुझाव दिएका थिए ।

यस वर्ष गरिमा जातको हाइब्रिड धानको बीउबाट चितवन, रौतहट, नवलपरासी, नुवाकोट, लमजुङ, गोरखा, तनहुँ, दाङ, बाँके र कैलालीमा रोपाइँ गरिएको थियो तर धानको बाली लाग्ने वर्णसंकर जातको उक्त धान आयात गरी बिक्री वितरण गर्ने कम्पनी वा फार्मलाई नेपालको बीउबिजन ऐन, २०४५ ले २५ हजार रुपैयाँ जरिवाना र आयात अनुमति पत्र खारेज गर्न सक्ने सम्मको प्रावधान तोकेको छ ।

उक्त्त ऐन संशोधन गर्न समितिमा सैद्धान्तिक छलफल भइरहेको छ । नेपालको संविधानले खाद्य सम्प्रभुतालाई सुनिश्चितता गरेको छ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले बहुराष्ट्रिय कम्पनीको बीउ आयात रहर नभई बाध्यता भएको जवाफ दिँदै मात्र र गुण दुवै सँगसँगै मिलाएर उत्पादन गर्नुपर्ने बताए । (रासस)

प्रकाशित समय : २१:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु