global ime bank Long Banner Ad

गृहपृष्ठ अनलाइन सेवाबाट लालपुर्जा वितरण

अनलाइन सेवाबाट लालपुर्जा वितरण

अनलाइन सेवाबाट लालपुर्जा वितरण

जिल्ला मालपोत कार्यालय डोटीमा अनलाइन सेवाबाट लालपुर्जा अर्थात् जग्गाधनी प्रमाणपत्र दिन सुरु भएको छ ।

सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा सुरु भएको हो । उक्त सेवा सुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका-१ की कृष्णा शाहीलाई अनलाइनमार्फत जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताए  । उनले भने, ‘पहिलो पटक अनलाइनमार्फत सेवा सुरु गर्‍यो र पहिलो सेवाग्राही शाही हुनुभएको छ ।’ पहिलो सेवाग्राही शाहीसहित जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐर र दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीलाई दोसल्ला ओढाएर सम्मान गरेको मालपोत कार्यालयले जनाएको छ ।

अनलाइनबाट सेवा दिने डोटीको मालपोत कार्यालय देशभरिमै ९२ औँ सरकारी कार्यालय हो । सेवाग्राहीको सम्पूर्ण अभिलेख अनलाइन सेवाबाट सुरु गरिएको र यसलाई जुनसुकै मालपोत कार्यालयबाट पनि हेर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक यमप्रसाद सुवेदीले बताए । उनले भने, ‘अनलाइन प्रणालीमा लालपुर्जा राखिएपछि न हराउने डर, न चोरी हुने डर, कसैले झुक्याएर पनि कारोबार गर्न सक्दैन ।’ यति मात्र नभई अनलाइनमा राखिएका आफ्ना कागजात सेवाग्राहीले तिर्नुपर्ने राजस्वबारे हिसाब गर्न सक्ने र कारोबार भएमा यसको जानकारी मोबाइलमा आउने व्यवस्था मिलाइएको छ । (रासस)

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु