global ime bank Long Banner Ad

गृहपृष्ठ कास्कीमा नेकपाको चुनावीसभालाई लक्षित गरी बम विस्फोट

कास्कीमा नेकपाको चुनावीसभालाई लक्षित गरी बम विस्फोट

कास्कीमा नेकपाको चुनावीसभालाई लक्षित गरी बम विस्फोट

कास्कीको पोखरास्थित प्रदर्शनीस्थलमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावीसभालाई लक्षित गरी बम विस्फोट भएको छ । चुनावीसभामा सम्बोधनका लागि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेलगत्तै १२:४५ बजे विस्फोट भएको हो ।

विस्फोटमा कुनै मानवीय क्षति नभएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार सभास्थल प्रदर्शनी केन्द्रबाट २०० मिटर पश्चिम पार्किङ स्थलमा विस्फोट भएको हो ।

विस्फोटमा परी सभाका लागि मान्छे ओसार्न प्रयोग गरिएका दुईवटा सवारी साधनमा क्षति पुगेको छ । पोखरा-सुनौली चल्ने ग. १ ख ८८९१ नम्बरको बस र पोखरा सिटीमा चल्ने ग. १ ख ६७९४ नम्बरको माइक्रो बसमा क्षति पुगेको हो ।

घटनास्थललाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइसकेको जनाएको छ । विस्फोट कसले गरायो भन्ने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए ।

अहिले चुनावी सभालाई प्रचण्डले सम्बोधन गरिरहेका छन् ।

प्रकाशित समय : १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु