global ime bank Long Banner Ad

गृहपृष्ठ यसरी पक्राउ परे नक्कली हस्ताक्षर गरेर लाखाैं लुट्ने गिरोह

यसरी पक्राउ परे नक्कली हस्ताक्षर गरेर लाखाैं लुट्ने गिरोह

यसरी पक्राउ परे नक्कली हस्ताक्षर गरेर लाखाैं लुट्ने गिरोह

काठमाडौंका विभिन्न बैंकहरुबाट नक्कली हस्ताक्षर गर्दै लाखौं रुपैयाँ निकाल्ने गिरोह पक्राउ परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली हस्ताक्षर गरेर विभिन्न बैंकबाट पैसा निकालेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका- १३ घर भइ काठमाडौंको कालीमाटी बस्ने १९ वर्षीय सुभाष श्रेष्ठ, वर्ष १९ कै कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे र २१ वर्षका अन्जन बराल रहेका छन् ।

त्यस्तै बागलुङ गलकोट नगरपालिका ३ घर भइ काठमाडौं बुद्धनगर बस्ने २५ वर्षका सुमन पौडेल र सिन्धुपाल्चोकको साविक ज्यामिरे गाविस ९ घर भइ काठमाडौंको सुविधानगर बस्ने वर्ष ३० का गोविन्द घिमिरेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

उक्त गिरोहबाट नगद १८ लाख ५० हजार रुपैयाँ, विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २ सय ९० पाना, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख गरिएको २६ थान रजिस्टर, विभिन्न प्रकारका हस्ताक्षर नमुना र नाम उल्लेख गरिएको २ थान डायरी बरामद गरेको छ ।

विभिन्न व्यक्तिको नाममा खाता खोल्न फोटो टाँसेको सय थान तयारी फारम, १ सय ९५ जनाको बैंक स्टेटमेन्ट, जनता बैंकबाट विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक १६ थान र काटिएको अवस्थाको चेकबुक ४१ थान बरामद भएको छ।

त्यस्तै एभरेष्ट बैंकबाट विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको २० थान र काटिएको अवस्थाको ३ थान, माछापुच्छ्रे बैंकबाट विभिन्न व्यक्तिका नाममा जारी भएको नकाटिएको अवस्थाको १७ थान र काटिएको अवस्थाको २ थान, मुक्तिनाथ विकास बैंकबाट विभिन्न व्यक्तिका नाममा जारी भएको नकाटिएको चेक ४१ थान र काटिएको चेक २ थान, एनआइसी एसिया बैंकको विभिन्न व्यक्तिका नाममा जारी भएको ६८ थान चेक बरामद भएको छ।

एनआइसी एसिया बैंकको ८२ थान एटिएम र अन्य बैंकको ७ थान एटिएमसमेत बरामत गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । सो गिरोहले विभिन्न व्यक्तिका नाममा खाता खोल्न संकलन गरेका ८ सय २५ वटा फोटो र बैंकसँग सम्बन्धित विभिन्न डकुमेन्टहरु २ बोरा भन्दा बढी बरामद गरेको छ ।

यसरी पक्राउ परे 

मंसिर ८ गते राती साढे २ बजे जनता बैंकमा खाता रहेका गोपालमान राजबाहकको खाताबाट पटक-पटक गरी १९ लाख ९ हजार रुपैयाँ निकालेको मोबाइलमा म्यासेज आयो । उनले आफैले कुनै चेक कसैलाई नदिएको, आफूले चेक नसाटेको तर अरु कसैले आफ्नो खाताबाट रकम झिकेको भन्ने सूचना प्रहरीलाई दिए ।

यस्तो सूचना आएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले जनता बैंक तथा नेपाल राष्ट्र बैंकका अधिकारीहरुसँग छलफल गर्‍यो र अनुसन्धान अगाडि बढायो । अनुसन्धानका क्रममा पीडितलाई दिइएको चेकबुकबाट नयाँ चेकबुक लिएर पैसा निकालेको देखिएको थियो ।

गोपालमान राजबाहकको खाताबाट पैसा झिक्ने तिनै व्यक्ति मंसिर ९ गते फेरी त्यस्तै चेक बोकेर जनता बैंकको न्युरोड शाखा पुगे । बैंकले उक्त सूचना तत्काल प्रहरीलाई दियो । प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा अरु ६ जना व्यक्तिले सोही दिन विभिन्न स्थानबाट १८ लाख ५० हजार नगद, विभिन्न बैंकको ठूलो परिमाणमा चेकबुक, खाता खोल्न तयार पारिएका फारमहरु, एनआइसी एसिया बैंकको भिसाकार्ड, विभिन्न व्यक्तिको नामका नागरिकताका फोटोकपी बरामद गर्‍यो ।

प्रकाशित समय : १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु