global ime bank Long Banner Ad

गृहपृष्ठ साग भलिबल आजबाट, पहिलो खेलमा नेपाल र बंगलादेश भिड्दै

साग भलिबल आजबाट, पहिलो खेलमा नेपाल र बंगलादेश भिड्दै

साग भलिबल आजबाट, पहिलो खेलमा नेपाल र बंगलादेश भिड्दै

१३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत भलिबल खेल आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा दिउँसो ३ बजे हुने सागको पहिलो खेलमा नेपाल र बंगलादेशका महिला भलिबल टोली प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ मा नेपालसहित बंगलादेश र भारत छन् ।

आजै माल्दिभ्स र पाकिस्तानबीच साँझ ५  बजे अर्को खेल हुनेछ । समूह ‘बी’ मा माल्दिभ्स, पाकिस्तान र श्रीलंका छन् । औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि भलिबल खेल चार दिनअघिबाटै सुरु हुन लागेको हो ।

पुरुष भलिबलतर्फका खेलहरू पनि आजै सुरू हुने भएकाे छ । पहिलो खेलमा नेपालले  बंगलादेशसँग ७ बजे प्रतिस्पर्धा गर्नेछ। पुरुष भलिबलको समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश  छन्। समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । पुरूष भलिबलका खेलहरू पनि त्रिपुरेश्वरस्थित कभर्डहलमा नै हुनेछ ।

प्रकाशित समय : १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु