गृहपृष्ठ माछापुच्छ्रे बैंकको ऋण पत्र ‘नेपाल स्टक एक्सचेन्ज’मा सूचीकृत
माछापुच्छ्रे बैंकको ऋण पत्र ‘नेपाल स्टक एक्सचेन्ज’मा सूचीकृत
माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋण पत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।
बैंकको वार्षिक १०.२५% व्याजदरसहित प्रति ऋणपत्र १ हजार रुपैयाँ कायम भएका उक्त ऋण पत्र बुधबार १८ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।
ऋण पत्र सूचीकृत सम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका थिए ।
सूचीकरणपछि १० वर्षमा साँवा फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्ज मार्पmत् दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने बताइएको छ ।
माछापुच्छ्रे बैंकका देशभर १४४ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ सेवासमेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७१ वटा एटिएममार्फत ग्राहकलाई सम्पूर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेको छ ।
प्रकाशित समय : १५:१५ बजे




















