global ime bank Long Banner Ad

गृहपृष्ठ हिमपातले परीक्षार्थी थरथर काँप्दै, परीक्षा दिँदै

हिमपातले परीक्षार्थी थरथर काँप्दै, परीक्षा दिँदै

हिमपातले परीक्षार्थी थरथर काँप्दै, परीक्षा दिँदै

हिमपातका कारण डोल्पामा आजदेखि सुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।

हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलीभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले बताए । विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको उनले बताए । सानासाना बालबालिका चिसोका कारण लेख्दा, लेख्दै रुने, कराउने गर्न थालेको उनको भनाइ छ । विद्यालयको प्रांगणमा आगो बालेर परीक्षा दिने काम भइरहेको शिक्षकले बताएका छन् ।

त्यस्तै हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी प्रभाव पार्ने गरेको छ । चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका-२ रसिका स्थानीयवासी जुनराज रोकायले बताए । हिमपात नरोकिए परीक्षा नै प्रभावित हुने खतरा भएको सरस्वती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायले जानकारी दिए । (रासस)

प्रकाशित समय : १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु