गृहपृष्ठ चितवनमा मोबाइल पत्रकारिता तालिम सुरु
चितवनमा मोबाइल पत्रकारिता तालिम सुरु
नेपाल पत्रकार महासंघ चितवन शाखाले आजदेखि दुईदिने मोबाइल पत्रकारिता तालिम सुरु गरेको छ । महासंघले आफ्नै आन्तरिक स्रोतबाट तालिमको आयोजना गरेको हो ।
तालिमको उद्घाटन गर्दै महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारितामा नयाँ प्रयोग गर्न यसखालका तालिम आयोजना गरिएको जानकारी दिए । मोबाइललाई अधिकतम प्रयोग गरी सहज रुपमा समाचार लेखन र सम्पादन गर्न तालिम उपयोगी हुनेछ । तस्बिर र भिडियो खिच्न एवं अडियो रेकर्डमा मोबाइलको प्रयोग कसरी गर्ने भन्ने विषयमा तालिम केन्द्रित हुने खतिवडाले बताए ।
तालिम प्रशिक्षकका रुपमा खोज पत्रकारिता केन्द्रका रामु सापकोटा रहेका छन् । तालिममा जिल्लाका ३२ जना पत्रकार सहभागी भएका छन् । (रासस)
प्रकाशित समय : १९:५६ बजे


















