काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नवरात्रको नवौँ दिन :सर्वसिद्धि प्रदायक माता सिद्धिदात्रीको महिमा र पूजा

966
shares

आज शारदीय नवरात्रको नवौँ दिन हो। यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ।

यस दिन शास्त्रीय विधि(विधान र पूर्ण निष्ठाका साथ साधना गर्ने साधकलाई सबै प्रकारका सिद्धि प्राप्त हुने र पूरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ। ुसिद्धिु भन्नाले आध्यात्मिक शक्ति र ुदात्रीु भन्नाले प्रदान गर्ने शक्ति भन्ने बुझिन्छ।

अतः देवी सिद्धिदात्री ती अलौकिक शक्ति हुन्, जसले आफ्ना भक्तहरूलाई सबै प्रकारका सिद्धिहरू प्रदान गर्नुहुन्छ। माता सिद्धिदात्रीले दाहिने हातमा जपमाला र गदा तथा बायाँ हातमा कमलको फूल र शङ्ख धारण गर्नुभएको छ।

देवी सिद्धिदात्रीको वाहन सिंह हो भने उहाँ कमलको फूलमा विराजमान हुनुहुन्छ। नवरात्रको नवौँ दिनमा देवीको पूजा तथा आराधना गर्नाले सम्पूर्ण सिद्धि प्राप्त हुन्छ। उहाँ नवदुर्गामध्येकी अन्तिम देवी हुनुहुन्छ। उहाँको ध्यान गर्नाले भक्तहरूका सबै प्रकारका ब्रह्माण्डीय र सांसारिक इच्छाहरू पूरा हुन्छन्।

 

भगवान् शिवले पनि देवी सिद्धिदात्रीकै अनुग्रहबाट सम्पूर्ण सिद्धि र उपलब्धिहरू प्राप्त गर्नुभएको पौराणिक मान्यता छ। यिनै देवीको कृपाले भगवान् शिवको आधा शरीर देवी (नारी) को भएको थियो।
यसै कारणले गर्दा शिवजी ुअर्धनारीश्वरु नामले प्रख्यात हुनुभयो। भक्तहरूले माताको चरणमा पूर्ण निष्ठाका साथ उपासना गर्नुपर्छ र भक्तिमा स्थिर रहनुपर्छ।

यस देवीको स्मरण, ध्यान र आराधनाले हामीलाई सांसारिक मोह र भवसागरको जोखिमलाई महसुस गराउँदै मोक्ष अमृत पद तर्फ डोहोर्‍याउँछ। देवी सिद्धिदात्रीकै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्दछन्।

बिहान स्नान आदि नित्य कर्म सकेर पूजा सामग्री तयार पारी दियो, कलश र गणेशको पूजा गरिसकेपछि देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा गर्नुपर्दछ। ूॐ ह्रीं चामुण्डायै विच्चे नमो नमःू– देवीको यो बीज मन्त्र कम्तीमा १०८ पटक उच्चारण गर्नुपर्दछ। यसका साथै भगवान् शङ्कर र ब्रह्माजीको समेत पूजा गरिसकेपछि अन्त्यमा प्रसाद चढाउँदै आरती गर्नुपर्दछ। पूजा सम्पन्न भएपछि प्रसाद वितरण गरी आफूले पनि ग्रहण गर्नुपर्दछ।

यसरी सिद्धिदात्री देवीको ध्यान र स्तोत्र पाठ गर्नाले सम्पूर्ण मानव जातिले सिद्धि प्राप्त गर्दछन्। आफ्नो श्रद्धा र भक्तिले माता सिद्धिदात्रीको पूजा तथा आराधना गरेमा पूर्वजन्मको पापबाट मुक्ति मिल्ने, घरपरिवारमा सुख(शान्ति छाउने, दुःख(कष्ट हरण हुने र अलौकिक शक्ति प्राप्त हुने शास्त्रको वचन रहेको छ। माता सिद्धिदात्रीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारका सुगन्धित पुष्पहरू अति प्रिय छन् भने नैवेद्यमा नरिवल तथा गुलिया परिकारहरू अधिक मन पर्छ।