यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८३ कात्तिक १ आइतवार ०६:१८
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ १९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
























